![]() |
Saroj Silwal (LLB student of Nepal Law campus ) |
महामारी नियन्त्रण गर्न सबैकाे साथ अपरिहार्य.
चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण अहिले विश्व समुदाय ग्रस्त छ।
काेराेना भाइरसको कारणले विकासित तथा विकास उन्मुख मुलुकहरु धरासायी हुँदै गएका छन। यो काेभिड-१९ भाइरस संक्रमित अधिकांश व्यक्तिहरूलाइ सर्वप्रथम श्वास प्रश्वासमा समस्या उत्पन्न हुने गर्दछ। यस राेगका बिरामी विशेष उपचारको आवश्यकता बिना नै स्वस्थ हुन्छन्। यस राेगले विशेष गरी पाको उमेरका व्यक्ति, हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग र क्यान्सर जस्ता अन्तर्निहित मेडिकल समस्या भएका व्यक्तिहरूमा खतराकाे जाेखिम बढाउँछ। हाल सम्म काेभिड-१९ को लागी कुनै खास खोप वा उपचार संभव हुन सकेकाे छैन। नेपालको अवस्था २०७६ माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमण भेटिएको थियो। दक्षिण एसियामा कोरोना देखिएको पहिलो देश नेपाल हो। अहिलेसम्म नेपालमा ४८ जना कोरोनाबाट संक्रमित भएका छन । हजार भन्दा बढी संकास्पद अवस्थामा रहेको छ भने सङ्क्रमित मध्ये १० जना उपचारपछि घर फर्किएका छन्। त्यसै गरी नेपालका विभिन्न भागहरुमा कोरोनाको बारेमा मानिसहरूमा व्याप्त डर र भ्रमले यस महामारीलाई अझ गम्भीर बनाएको छ भने कोरोना भाइरसको जाँचका लागि गुणस्तरीय र प्रविधियुक्त प्रयाेगशालाको अभाव छ। शंकास्पद व्यक्तिहरुको परिक्षण जुन स्तरमा हुनुपर्ने हो सो हुन सकेको छैन। उपचारको लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरको अभावमा स्वास्थ्यकर्मी, प्रहरी प्रशासन उच्च जोखिममा रहेर कार्य गर्न बाध्य छन्। विभिन्न नीजि संघ संस्था र सरकारको लगानीबाट उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरु अायात गरिएका छन। जुन हालकाे अवस्थालाइ प्रर्याप्त रहेकाे छैन। सरकारबाट उपलब्ध गराईएका सामाग्रीको खरिद प्रकरण तथा गुणस्तरमा पनि प्रश्न उठिरहेको अवस्था रहेको छ। जनताहरु लामो दुरी पैदल यात्रा गर्न विवश हुनु परेको अवस्था छ । त्यस्तै कोरोनाको प्रभावले गर्दा हाम्रो देशको अर्थतन्त्रमा पनि त्यतिकै नोक्सान भैरहेको वर्तमान अवस्था रहेको छ। सरकार र जनतालाई सुझाव हाम्रो देशको स्वास्थ्यकर्मी र प्रहरी प्रशासनले यस्तो विषम परिस्थितिमा पनि पेशागत मर्यादा कायम गरी स्वस्थ्य सेवामा तथा जनताको सुरक्षामा संलग्न भई आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका छन्। यस्तो अवस्थामा सबै पक्षले स्वास्थ्यकर्मी र प्रहरी प्रशासनको मनोबल बढाउनु आवश्यक हुन्छ। सबै भन्दा महत्वपूर्ण कुरा कोरोनासँग आत्तिएर होइन सबैजनाले स्वस्थ रहन उचित अाहार र परहेजमा बसेर यस महामारीकाे अन्त्यमा लाग्नु पर्दछ। सो कुरामा स्थानीय तहले महत्त्वपूर्ण भुमिका खेलेको पाईन्छ। माथिल्लो तहले गरेका कामहरुमा केही कमि कमजोरी र परिपक्वताको कमि भने अवश्य रहेको छ। त्यसै गरी नेपाल सरकारले ८० करोडको राहत वितरण गरेको भनी दावा गरेतापनि जनताले सरकारबाट आशा गरे अनुसारको राहत पाउन सकेका छैनन्। काेराेना संक्रमण न्युनिकरण गर्न सरकारले गरेकाे लकडाउनले शहरमा डेरा गरी अध्ययन गर्ने र रोजगारी गरी बसेकाहरुको अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ। यस्तो समयमा सरकारले आफ्नो सम्पुर्ण शक्ति यस महामारी कोरोना विरुद्ध प्रयोग गरी सकुशल नियन्त्रण गर्नु जरुरी भएको छ। जनताहरुले पनि आफ्नो कर्तव्य र जिम्मेवारी वहन गरी सरकारका आग्रह लकडाउनलाई अनुशरण गरी घरमै वसेर सरकारलाई सहयोग गर्नु पर्दछ। हामी सबै जनताले एकजुट भइ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र कोरोनालाई हराउन एकजुट हुनु पर्दछ। (लेखक सिलवाल नेपाल ल क्याम्पसमा अध्ययनरत छन्।)
![]() |
लेखौ र लेख्ने बानी बसालौ
धन्यवाद ।![]() ![]() |
No comments:
Post a Comment